यस्तो देखियो गाउँपालिका अध्यक्ष र उपाध्यक्षको वैवाहिक समारोह(भिडियो)

२७ मंसिर, काठमाडौं । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच आज बिबाह सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा हेम्जास्थित गुम्बामा बिबाह सम्पन्न भएको हो ।

मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिएका थिए ।मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी–सोल्टी हुन् ।सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री, नेताहरु पनि बिबाहमा उपस्थित भएका थिए ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै तत्कालिन नेकपा एमालेबाट निर्वाचित राजनीतिक ब्यक्ति भएका कारण नेकपाका धेरै कार्यकर्ता उपस्थित भएका हुन् । परिवारको स्विकृतीमा यो जोडीको मागी बिहे भएको हो ।