बिबाहपछि श्वेता खड्काको श्रीमान सहित परिवार मिडियामा,श्वेता खड्काकोलाई बुहारी हैन म छोरीको रुपमा स्विकार्छु(भिडियो)

काठमाडौं । नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ताव राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् । हेर्नुहोस् भिडियो