सुर्खेतमा सांसद बिष्टले विनियोजन गरेका विकासका योजना धमाधम सम्पनन ,
नेपालि कांग्रेसका १ सय बढी कार्यकर्ता नेकपामा प्रवेश ,
पुष २ ,काठमान्डौ – गुर्भाकोटमा सांसद ठम्मर बिष्टले विनियोजन गरेका आर्थिक वर्ष २०७६/७७ का विकास धमाधम सम्पनन हुने क्रम जारि छ।
आज मात्र सांसद बिष्टले गुर्भाकोट नगरपालिका ११ आँपगैराको श्री सुर्यज्योती आधारभूत विद्यालय घेरबारको कार्य सम्पन्न भएछि औपचारिक रुपमा अनुगमन र उद्घाटन गरेका छन् ।
उक्त विद्यालयमा बिस्टले रु २० लाख घेरबारकोलागि सांसद विकास कोषबाट रकम विनियोजन गरेका थिए। तेस्तै कार्यकर्मकै बेला आँपगैरा ११ का करिब १०० जना नेपालि कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।
प्रवेश गर्ने सबै नेपाली कांग्रेसका कार्यकर्तालाई सांसद बिष्टले फूलमाला र आविर लगाएर स्वागत गरेका थिए। सांसद बिष्टले कार्यक्रममा बोल्दै दुर्गमक्षेत्रका नागरिकहरुलाई विकासको पदयात्रामा ल्याउने आफ्नो पहिलो प्रथामिकता भएको समेत बताएका छन्।
बिष्टले आफ्नै कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रलाई सम्मुनत बनाई छाड्ने समेत बताए। बिस्टले छोटो समयमा आफ्नो क्षेत्रमा विकासलाई तिब्र गतिमा अगाडी बढाएको भन्दै जनताले सहरानिया गरेका छन् भने उनको लोकप्रियता बढेको पाईन्छ।
आजको औपचारिक कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति दिपेन्द्र बहादुर शाहीले गरेका छन् ,भने कार्यक्रमलाई विद्यालय प्रअ लक्ष्मी कुमारी शहिले गरेकी हुन्।
साथै उक्त कार्यक्रममा जिल्ला कमिटि सदस्य जनक रेग्मी ,वडा कमिटि अध्यक्ष राजन केसी ,सचिव गगन केसी र नगरकमिटि सदस्य जंग राना लगायतको नेता कार्यकर्ताको बाक्लो उपस्तिथि थियो।