Gold
Bangad salyan

उखु किसानका साथ् आन्दोलनमा रामचन्द्र पौडेल सडकमा ,

पुष ३ ,काठमान्डौ – नेपालि कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल बक्यौता रकमको लागि आन्दोलन गरिरहेका उखु किसानको साथमा माईतिघर मण्डलामा पुगेका छन्।

आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै पौडेल शुक्रबार माइतीघरमा पुगेका थिए । आफ्नो पार्टी सधै किसानको साथमा रहेको र किसानको बाँकी पैसा चिनी उधोगी र सरकारबाट दिलाउन कुनै कसुर नछोड्ने उनले बताए।

तेस्तै शुक्रबार उखु किसानको आन्दोलनमा उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीपनि पुगेका थिए ।

आफुहरुले किसानहरुको पिडा बुझेको र छिट्टै उधोगीहरुबाट पैसा उपलब्ध गराउने बाँकी पैसा शनिबार सम्म उपलब्ध गराउने भन्दै फर्कीएका थिए।

तर मन्त्रिहरुलेनै चिनी मालिकहरुलाई संरक्षक गरेर राखेको भन्दै किसानहरुले नाराबाजी गरेका छन्। ४ वर्षपहिलेबाट चिनी उधोगीहरुले २५ सय किसानलाई बक्यौता रकम दिन बाँकी छ।

उनीहरुले गत वर्षपनि सर्लाही ,नवलपरासीबाट काठमान्डौ माईतिघर मण्डलामा आएर नाराबाजी गरेका थिए। सरकारले छिट्टै बाँकी रकम किसानको बैंक खातामा पठाउने वाचा गरेपछि उनीहरुले आन्दोलन रोकेका थिए।

तर सम्झौता गरेको एक वर्ष सम्म रकम नपाएपछि किसानहरु सर्लाहीबाट काठमान्डौमा आएर पून: आन्दोलन गरिरहेका छन्।

यो उनीहरुको आज छैठौ दिनको आन्दोलन हो। अब भने किसानहरुले ६ महिना लागेपनि आन्दोलन गर्ने तर पैसा नलगेर नजाने बताएका छन्।