काठमाडौंका यी क्षेत्रमा दिउँसो विद्युत् नहुने,यस्तो आयो सूचना,के फेरी लोडसेडिङ भएको होत ?
काठमाडौं – राजधानी काठमाडौंका केही क्षेत्रमा आज शनिबार दिउँसो विद्युत् सेवा अव,रुद्ध हुने भएको छ । काठमाडौंमा ३ घण्टा विद्युत् सेवा अव,रूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा विद्युत् सेवा अव,रुद्ध हुनेछ ।
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत् अव,रूद्ध गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ । उल्लेखित क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् सेवा अव,रूद्ध हुने सूचनामा जनाइएको छ । मर्मत कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो विद्युत् सेवा सञ्चालन हुनसक्ने प्राधिकरणले जनाएको छ ।