प्रचण्डलाई भेट्न केपी ओली खुमलटारमा धाउदै ,
पुष ४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार धाउने भएका छन्। ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् ।
नेकपा भित्र अहिले आन्तरिक विवाद चर्कीएको छ ,पार्टीभित्र आफूखुसी गरे केपी ओली यसपटक भने प्रचण्डलाई भेट्न धाउनु परेको छ। प्रचण्ड माधवसमुहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैपदबाट राजिनामा मागिसकेको छ।
तर ओलीले भने घुर्की लगाउदै दुवै पद नछोड्ने बताएका थिए। पार्टी भित्र ओली अहिले अल्पमतमा परेका छन्। पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ ।
अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् । यो संगै ओली लचकता बनेर प्रचण्डलाई भेट्न खुमलटार आजदेखि धाउने बताईएको छ ।