Gold
Bangad salyan

१७ गते देखि राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने घोषणा ,

पुष ४ ,काठमान्डौ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहि १७ गतेदिखी उपत्यकामा प्रदर्शन गर्ने भएको छ।

राप्रपाले शनिबार काठमान्डौको माईतिघर मण्डलाबाट प्रदर्शनको मिति समेत घोषणा गरेको थियो। काठमान्डौमा आयोजित भेलालाई सम्बोधनगर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफुहरुको समर्थन रहेको बताए।

राप्रपाले यो अगाडीपनि विभिन्न जिल्लामा प्रदर्शन गरेको स्मरण गराउंदै १७ गते उपत्यकामा प्रदर्शन हुने राणाले बताएका हुन्।

सरकारका अहिलेका गतिविधिले सरकार असफल भईसकेको अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए। सरकारले जनतामा गरेको दमन बढ्दो वेरोजगारी ,महँगी नियन्त्रण र धर्म परिवर्तन रोक्न आफुहरु सडकमा आउन बाध्य भएको समेत लोहनीले बताए।