Gold
Bangad salyan

केपी ओलीले नेपालको संविधान अपहरण गरेका छन जनार्दन शर्मा प्रभावकर ,

पुष ५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्मा प्रभावकरले केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन्।

केपीले फेरी हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ शर्माले आफ्नो सामाजिक संजालमा लेखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भन्दै आज बिहान शितल निवास पुगेका छन्। जसको चौतर्फी आलोचना भईरहेको छ।

ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।