Gold
Bangad salyan

गुर्भाकोट ६ का दुई जनामाथि काठमान्डौमा छुरा प्रहारगरि लुटपात,

पुष २३ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका ६ का दुई जनामाथि काठमान्डौ गोंगबुमा छुरा प्रहार भएको छ। काठमान्डौ टोखा नगरपालिका ९ दीपज्योतिस्थिथि उनीहरुमाथि छुरा प्रहार गरेर लुटपाट भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।

गए राति ४/५ जनाको समुहमा आएका अज्ञात ब्याक्तिबाट चक्कु प्रहार गरि उनिहरुबारा मोबाईल ,पैसा चोरी भएको हो।

चक्कु प्रहारबाट घाईते दुवै जनाको शिक्षन अस्पताल महाराजगंजमा उपचार भईरहेको छ। फरार लुटेराहरुलाई गोंगबुबाट खटिएको प्रहरी टोलीले खोजि गरिरहेको छ।