Gold

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई पक्राउ गर्न प्रहरीको निर्देशन ,

Naumule Migrate

माघ ६ ,काठमान्डौ – विन्ध्यवासिनी म्युजिककि कार्यकारी प्रमुख लेना शर्मा रेग्मीलाई प्रहरीले थप ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। लेनालाई प्रतिलिपि अधिकार हनन् तथा गालीगलौजको आरोपमा गत पुष २९ गते महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेको थियो।

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पनि पक्राउ गर्ने तयारि भईरहेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।सुवास रेग्मीलाई पक्रा गरेपछि अद्लात जाने वा के हुन्छ हामि अनुसन्धान गरिरहेका छौ महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले भने । ,

गायक प्रमोद खरेलले आफ्नो एल्बम “प्रणय” आफ्नो प्रतिलिपि अधिकार हनन् भएको सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको लगायतका विषयमा पुष २७ मा प्रहरी समक्ष उजुरी दिएका थिएका थिए ।

विन्ध्यवासिनी म्युजिककि कार्यकारी प्रमुख लेना शर्मा रेग्मी गत पुष २९ गते पक्राउ ,

आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको प्रमोदले बताउँदै आएका छन् ।प्रतिलिपि हननका विषयमा पटक पटक विवाद उठेपनि बिचमा मिलापत्र हुने गर्ने गरेका छन् ।

विन्धवासिनी म्युजिक र संचालकविरुद्द प्रस्तोता समाजले प्रमोद खरेललाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ अनुसार आफ्नो अधिकार खोज्नका लागि सुझाव दिएका थिए।

यस्तो छ विवाद ,
गायक प्रम्रोद खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केही गीतमा विवाद बढेको हो। प्रणय एल्बम बिक्री वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्ध्यवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए ।

प्रमोदले कम्पनीबाट १ लाख १० हजार बुझेका थिए। एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।

प्रमोदका अनुसार गीतको सबै खर्च आफूले पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि स्वयम् गरिएको छ । एल्बमको दोस्रो गीत कम्पनीले नबनाएपछि प्रमोदले नै आफै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्।

करार सकिएपछि पनि उक्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार दबाब दिने र विभिन्न किसिमका आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्। कम्पनीले अहिलेसम्म कुनै हिसाब किताब समेत नबुझाएको प्रमोदले बताए ,आफ्नो एलबम फिर्ता माग्दा कम्पनि संचालकले गरेको व्यबहारपछि आफुले कानुनि उपचार खोजेको खरेलले बताए।

 

 

 

Naumule Badhipahiro