लाज पचाउने ओली प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न जाँदै ,
माघ १२ ,काठमान्डौ – उखाने र टुक्का सुनाउन काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । प्रधानमन्त्री राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न जान लागेका हुन्।
ओलीले लाज पचाएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्य गरेको पुल उद्घाटन गर्न जान लागेका हुन्। राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।
गत बर्ष नै राप्ति गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो । पुल पूर्वनिर्धारित समय अगाडिनै निर्माण सम्पन्न भएको थियो ।
यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा जनसभाको आयोजना गरिएको बताईएको हो ।

