Gold
Bangad salyan

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक ,

माघ २० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीले संसद विघटन गरिसकेपछि काम चलाउ भईसकेका छन्।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । तेस्तै प्रतिपक्षदल नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए  । ओलीले यसअघि पनि संबैधानिक परिषदको बैठक बोलाएपनि देउवा अनुपस्तिथित थिए।