संवैधानिक परिषदको बैठक स्थगित,
माघ २० ,काठमान्डौ – काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार बेलुकी साँझा ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको हो।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस फिर्ता पठाएका थिए । जसको दुई दिनपछि ओलीले संवैधानिक परिषद् बैठक बोलाएक थिए।
संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुखले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए ।
प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र अघिल्लो नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
सरकारले अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।

