प्रतिगमनकाविरुद्द भोलि २२ गते प्रचण्ड विप्लव समूहको आम हड्ताल ,
माघ २१ ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओलीको कू विरुद्द नेकपा प्रचण्ड – माधव नेपाल समूह र नेकपा विप्लवले नेपाल बन्दको घोषणा गरेको छ।
]संवैधानिक निकायको असंवैधानिक नियुक्ति (सपथग्रहण) का विरूद्द आमहड्ताल गर्ने नेकपा संघर्ष समितिको निर्णय गरेको हो ।
आमहड्ताल गर्नुपर्ने वाध्यकारि कदमप्रति जनसमुदायमा क्षमायाचना माग्दै प्रतिगमनका विरूद्द सशक्त प्रतिवाद गर्न सो समूहले बताएको हो।
तेस्तै बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले बताईन ।
प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैर संवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको संघर्ष समितिले बताएको हो।
तेस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा कुनै अवरोध हुनेछैन । आज २०७७ माघ २१ गते साँझ देशव्यापी रुपमा मसाल जुलुस गरिनेछ।
यसअघि नै घोषित २०७७ माघ २८ गते काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत् रहेको छ । २०७७ माघ २२ गते काठमाडौंमा आयोजना गरिने युवा ऱ्याली कार्यक्रम माघ २८ गते पछि गरिनेछ नेकपाको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।
तेस्तै केपी ओली विरुद्द भोलि हुन गईरहेको आमहड्ताललाई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) नेत्र विक्रम चन्द विप्लवले पनि समर्थन गरेको छ।


