Gold
Bangad salyan

सुर्खेतमा अझैपनि दलित र गैरदलितका पानी कुवा छुट्टै ,

 

माघ २७,सुर्खेत – जिल्लाको पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँमा अहिले पनि दलित गैरदलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आईरहेका छन् ।

यो बस्तीमा बर्षौ देखि दलित र गैरदलितका छुट्टा -छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै खानेपानीको कुवा प्रयोग गर्दै आएको बताइन् ।

हाम्रो टोलमा १५ घर दलित समुदाय छ हामीहरिले छुट्टै कुवाको पानी प्रयोगगर्दै आईरहेका छौ ।

दुवै समुदाय एक अर्काको पानी कुवामा नजाने र आ आफ्नै कुवामा पानी भर्ने गरेको मनिसराले बताईन ।