रिहा हुँदै रामकुमारी झाँकीले भनिन् :प्रतिगमन झुक्ने प्रक्रिया सुरू भयो,
माघ २९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरू भएको बताएकी छन्।
तेस्तै चौतर्फी विरोध भएपछि सरकारले थेग्न नसकेर आफुलाई रिहा गरेको झाक्रीले प्रतिक्रिया दिएकि हुन्। रिहा भएपछि संचारकर्मीसंग कुरा गर्दै झाक्रीले भनिन , प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ,’लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म ।
जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं । मैले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप छैन उनले भनिन।
राष्ट्रपतिविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परे लगतै झाक्रिका समर्थकले चौतर्फी विरोध गरेका थिए।
त्यस्तै, सरकारले प्रहरी प्रशासनमा दबाव दिई आफूलाई नियन्त्रणमा लिएको पनि उनले बताएकी छन्। बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

