आज २६ औ जनयुद्ध दिवस मनाईदै ,
फागुन १ ,काठमान्डौ – पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउदै छन्। आज जनयुद्ध दिवसमा काठमाडौंको पेरिसडाँडासहित देशका विभिनन जिल्लाहरुमा कार्यक्रमका आयोजना गरिएका छन्।
जिलाका नेताहरु आज जनयुद्ध दिवस मनाउन आ आफ्ना क्षेत्रम अहिजोंई पुगिसकेका छन्। नेपालमा गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।
जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो । देशमा जनताको जीवनस्तर परिवर्तन विकासका नाममा गरिएको १० वर्षे जनयुद्दले जनयुद्द सुरु गर्दानै जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो ।
तिनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला निरन्तर चल्दा १७ हजार बढी नागरिकको ज्यान गईसकेको छ ।
सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो ।
विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।
पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । शान्ति प्रक्रियाबाट आएपछि माओवादी टुटफुट हुँदै आगाडी बढ्यो ,गत चुनावमा तत्कालीन एमालेबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो ।
प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै नेकपा पनि दुई समूहमा बिभाजित भएको छ । प्रचण्ड – नेपाल समूह अलग छ भने केपी शर्मा ओलीको समूह अलग छ।
,देशमा साम्म्यवादको स विस्तारमा चलेको पूर्वमाओवादीको लक्ष्य र उद्देश्य पूरा नगरी पार्टी नेतृत्व सत्ताको खेलमा रनभुल भएपछि अहिले पूर्वमाओवादीहरु विभाजित छन्। प्रचण्ड पथमा हिडेका नेत्र विक्रम चन्द विप्लव ,मोहनवैध ,सिपिगजुरेल लगायतका जनयुद्दका नेताहरु अहिले भूमिगत छन्।

