विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिईन प्रहरीमा उजुर ,
फागुन २ ,काठमान्डौ – बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सपनाले महानगरीय प्रहरी परिसर टेकुमा आइतबार बस्नेतविरुद्ध जाहेरी दिएको एसएसपी अशोक सिंहले जानकारी दिए । सपनाको उजुरीपछि बस्नेतको खोजतलास भइरहेको र छिट्टै नियन्त्रणमा ल्याईने एसएसपी सिंहले बताए ।
बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।
बस्नेतले सपना अरोका मगरका युट्युबमा नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको हो।
उनले पटक पटक युटुबलाई बोलाउने र आफुसंग सपनाका नाङ्गा तस्विर रहेको र सार्वजानिक गर्ने बताएका छन्। उनले सपना रोकालाई बल्याक्मेल समेत गरेका छन्।


