Gold
Bangad salyan

ईन्धनको मुल्यवृद्धि विरोधमा अनेरास्वियुको प्रदर्शन ,

फागुन ६ ,काठमान्डौ – सरकारले गरेको ईन्धनको मुल्यवृद्धिको विरोधमा अनेरास्वियुले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

सरकारले लगातार दुईपटक ईन्धनको मुल्यवृद्धि गरेपछि अनेरास्वियुले सडकमा टायर बालेर आनोद्लन गर्दै सरकारविरुद्द चर्को नाराबाजी गरेको हो। प्रहरीले टायर हटाउँदा केहि छिन प्रदर्शनमा धरपक्कड समेत चलेको थियो। ,

अनेरास्ववियूले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी गरेको छ ।प्रतिगमनका विरुद्ध अनेरास्ववियू आर आरले हिजो साँझापनि माैन जुलुस निकालेको थियो।