surkhet

त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित

surkhet

 

जेठ १२, सुर्खेत ।
सुर्खेतको रंगशाला मैदानमा जारि कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ ले प्रतिस्पर्धा गर्ने भएका थिय । शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा रुपन्देहीले मध्य-पश्चिम क्रिकेट क्लबलाई तथा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिय। फाइनल खेल शनिबार ९:३० बजे सुरु भयको थियो ।

पहिलो सेमीफाइनल

Dailekh

पहिलो सेमीफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो। रुपन्देहीको लागि सन्दिप सुनारले सर्वाधिक ५० रन बनाए जुन क्रममा ३० बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिय । यस्तै बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरेका थिय । यस्तै शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन बनाएका थिय ।

Gorkha

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्र भुसालले २ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भएका थिय ।

दोश्रो सेमीफाइनल

दोश्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो। उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिय । यस्तै संजु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २/२ विकेट लिएका थिय ।

१३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढायरले अविजित ६३ रन बनाए जुन क्रममा ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै राजु रिजालले २८ रन बनाए भने सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाएका थिय ।

salyan