Gold
Bangad salyan

प्रतिगमनकाविरुद विवेकशिल साझाको घैटाफोर कार्यक्रम ,

फागुन ६ ,काठमान्डौ – संसद विघटन र प्रतिगमनकारीका विरुद्द विवेकशिल साझा पार्टीले आज घैटाफोर कार्यक्रमसहित प्रदर्शन गरेको छ।उनीहरुले नेताले बोलि फेर्दै छ ,न्यालयले के ह्रेदै छ ,सम्रिद्द नेपाल सुखी नेपाल बन्द अझै कति निर्मला र भागरथी मर्नुपर्ने हो ,लगायतका नारा लेखेका पेलेकार्ड बोकेका थिए।

पार्टीले आज शान्तिवाटिकामा मटका फोरेर प्रदर्शन गरेको हो,सो पार्टीले लगातार दश दिनसम्ममा हरेक दिन साँझा ४ बजे रत्नपार्कको शान्तिवाटिकामा प्रदर्शन गर्ने बताएको छ।आज सम्म विभिनन पार्टीले कुर्सिको लागि लडेको सबै नेपालि जनताले देखिसकेको र अब युवा जनताकोलागि विवेकशिल साझा अगाडी बढेको केन्द्रिय सदस्य पुर्शोतम ढुंगेलले बताए।

 

तेस्तै आफुहरुले हिंसात्मक प्रदर्शन नगरेर शान्तिपुर आन्दोलन गरेको पनि उनले बताए। आजसम्म देशमा जुनसुकै पार्टीका नेता सत्तामा बसेपनि कुनै परिवर्तन हुन्नसक्ने र जनताले सबैको तंगी हेरिसकेको रमेश पौडेलले बताए।

नेपालको संविधानलाई २०७७ पुष ५ गते संविधानले नदिएको कुरा केपी ओलीले आफ्नो खेल प्रस्तुत गर्दै विघटन गरेपछि आफुहरुले यो आन्दोलन गर्नुपरेको पनि उनले बताए। पटक पटक फेल भएका मान्छेने सत्तामा दोहोरिएको हुँदा जनताले नँया पुस्ता र नँया पार्टीलाई रोज्नुपर्नेपर्ने पनि पौडेलले बताए।

केपी ओली अहिले सत्ता बसेर पेट्रोल किन्ने र बाईक र्याली निकाल्ने गर्नुभनेको देशको चरमदुरुपयोग रहेको बताए। यो पुस्ता कुनै केपी ओली ,प्रचण्ड ,माधव ,शेर बहादुरको पुस्त नभई नँया पुस्ता रहेको हुँदा निहु नखोज्न पनि उनले चेतावनी दिए।

रंग दर्पण,