Gold
Bangad salyan

भागरथीका परिवारले आज शव बुझ्दै आजै दाहस्संस्कार गरिने ,

फागुन ७ ,काठमान्डौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथी भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो,हत्या आरोपमा सोहि गाँउ र एकै विद्यालयमा पढ्ने १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको थियो।

तर पक्राउ परेका दिनेशले आफुले हत्या गरेपनि बलात्कार भने नगरेको बताउदै आएका थिए। भागरथीका परिवारले हत्यारा पत्ता लागेपनि बलात्कारी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका थिए।

अहिले हत्यारा दिनेशले आफुले बलात्कारपनि गरेको बताएपछि परिवारले शव बुझ्ने सहमतिमा आएको हो। बिहीबार किशोरका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा उनले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।

भागरथीको पोस्ट्मापन रिपोर्टमा अस्पतालले बलात्कारपछि हत्या गरिएको बताएको थियो। उनको शव जिल्ला अस्पतालमा छ ,आज १० बजे शव आफन्तले बुझेर दाहससंस्कार गर्ने बताएको छ। बिहान ११ बजे गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भागरथीका काका शिवराज भट्टले बताए।