बाराका निमित्त मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ,
फागुन ८ ,बारा – बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट उनीहरुलाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी मिलाईदिने भन्दै घुस मागेका थिए।