गाँउ गाँउबाट विजय जुलुस निकाल्न प्रचण्डको आग्रह ,
फागुन ११ ,काठमान्डौ – सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गर्दै गाँउ गाँउबाट विजय जुलुस निकाल्न नेकपा अधय्क्ष प्रचण्डले आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको छ ।
यो संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, तेसैले भोलि काठमान्डौमा पनि विजय जुलुस निकालन छ ,जिल्ला गाँउ गाँउबाट सबै दाजु भाई दिदि बहिनिहरुले विजय जुलुस मनाउन मा आग्रह गर्दछु दाहालले भने।
तेस्तै सत्यको न्यायको र नेपाली जनताको जित भएको पनि नेकपा अर्का अध्यक्ष माधव कुमार नेपालले बताए। अब केपी ओलीको भ्रमको खेतिमा बस्ने सबै पार्टीका नेताहरुलाई आफ्नो मूल पार्टीमा आउनपनि नेपालले आग्रह गरे।अब भोलिबाट विरोध जुलुस नहुने र विजय जुलुस हुनेपनि नेपालले बताए।

