सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रचण्ड – नेपालले लड्डु खुवाउदै गरे खुसि साटा साट,
फागुन ११ ,काठमान्डौ – प्रतिगमनकारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले जनताकोपक्षमा फैसला गरेको छ ।
सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाउँदै खुसियाली मनाएका छन् ।
गत पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

