Gold
Bangad salyan

प्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा जाँदै ,

फागुन १६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जाँदै छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ ।

६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् । सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो।

सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् । संसद पुनस्थापना भएपछि केपी ओली गृहजिल्ला तिर प्रस्थान हुन लागेका हुन्।