कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन तयार छौँ: नेपाल,
फागुन २० ,काठमान्डौ – नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर आफुहरुले नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने बैठक बसौ,खुल्ला छलफल गरौ खुल्ला विकल्प गरौ उनले भने । तेस्तै प्रतिगमनविरुद्ध संघर्षका लागि नेपालले कांग्रेस, जसपा लगायत पार्टीलाई पनि आह्वान गरेका हुन् ।
प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएकोपनि उनले बताए । यस्तै आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता माधव नेपालले बताए ।

