Gold
Bangad salyan

विप्लव नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा हुँदै ,

फागुन २१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेत्रविक्रम चन्द विप्लवका तेस्रो वरियाताका नेता धमेन्द्र बास्तोला आज काभ्रेबाट रिहा हुन लागेका छन्। सरकार र विप्लव समूहबीच तिन बुंदे सहमति भएपछि हिजोनै सरकारले विप्लव समूहका हिरासतमा रहेका कार्यकर्तालाई छोड्न गृहमन्त्रालयले सर्कुलर जारि गरेको छ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको छ ।

यस्तै विप्लवका दाइ चन्द्रबहादुर चन्दलाई वीरजंगबाट रिहा गरिने चितवनका एसपी ओम अधिकारीले बताए।सरकारले २०७५ फागुन २७ देखि विप्लव समूहलाई प्रतिबन्ध लागेयता समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।