Gold
Bangad salyan

शहिद र जनताको सपना पुरा नभएसम्म हतियार नबिसाउने विप्लवको चेतावनी,

फागुन २२ ,काठमान्डौ – नेपालि जनता र शहिदको सपना पुरा जहिले सम्म हुन्दैन तब सम्म आफ्नो लडाई जारि रहने नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताए। राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहमा सरकार र चन्द समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

तेस्तै समारोह अगाडीनै विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको वालुवाटारमा भेट छलफल पनि भएको थियो। राष्ट्रिय सभागृह बोल्दै विप्लवले भने कम्युनिस्टहरु आन्दोलित मात्र हैन शान्तिसम्झौतामा पनि छन् भनेन आजको यो सहमतिले देखाउछ तर मूलत् हाम्रो लडाई भनेकै दलाल पुजिवादी वर्गसंग हो हाम्रो लडाई जारि हुने छ।

जुन उदेश्य लिएर सपना बोकेर युद्दमा गएपनि शहिदका सपना मर्न नदिने उनले बताए।शहिदको रगतमा युद्द गरेर आफ्ना ईच्छा अकान्क्षा पुरा गर्नेहरु धेरै देखिए तर ,अब एक पटक प्रतक्ष जनताले आफ्नो मत हक अधिकार प्रयोग गर्न दिनुपर्ने छ तेस्को लागि पनि आफुहरु शःन्तिसम्झौतामा आएको चन्द विप्लवले बताए।

तेस्तै आफ्ना नेता कार्यकर्ताहरु छुट्ने क्रम रहेको र अब बिस्तारै पून आफुहरु आकस्मा उड्ने र जनताको सपना पुरा गर्न शान्तिपूर्ण युद्दलाई अगाडी बढाउने उनले बताएका हुन्।तेस्तै विप्लवले भने हामीलाई कुनैपनि विदेशीले हस्तक्षेप गर्न खोज्छभने पनि हामि जमिनमा गाडिने छौ तर हाम्रो लडाई जारि हुने छ।

अझै सम्मपनि श्रमिकहरु बोल्ने नसक्ने छन् ,गुनगुनाएपनि बोल्ने सक्दैन्न आफ्ना आकन्क्षामा हस्तक्षेप हुँदासम्म उनीहरु केहि गर्न सक्दैनन् तर जब परिस्तिथि बदलिनछ सरकारले जब वेवास्ता गर्छ परिवेश बदलिनछ ,तब समपनि सामाजिक रुपान्तर हुँदैनन् ,राजनीतिक परिवर्तन हुन्दैन तब हाम्रो युद्द जारि हुने छ।

कस्ता छन् विप्लव र सरकारबीच भएका सहमति सम्झौता ,