उपचाररत कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने उपचार खर्च नलिने घोषणा अझै होस् खुलेन ,

चैत ८ ,काठमान्डौ हार्दिक श्रदान्जली भन्दै पोस्ट गरिएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वस्थ्यमा अझै होस् भने खुलेको छैन । चैत ४ गते बिहानै एका एक सामाजिक संजालभरि हार्दिक श्रदान्जली भन्दै उनको तस्विर पोस्ट भएका थिए।

,मृत्यु जस्तो संवेदनशिल कुरामा कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन जोशीको परिवारले बताउदै आएका समाचारप्रति दुख ब्यक्त गरेको थियो।

जोशीको अहिले काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेरा उपचार भईरहेको छ,। तेस्तै उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा समेत गरेका छन् ।

गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो ।नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताउनु भएको जानकारी उनले दिएका हुन्।

चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । तर जोशीको परिवारले उक्त सहयोग नलिने र सो पैसा अन्य दिनदुखिलाई दिन आग्रह समेत गरेको छ।