Gold
Bangad salyan

बेलायतमा देखिएको भेरियन्टको -बी कोरोना नेपालमापनि देखियो सजग रहन मन्त्रालयको आग्रह ,

चैत १० ,काठमान्डौ – नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने संकेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना एकोछ। पछिल्लो समय कोरोनाडर दैनिक न्यून रहेपनि हिजोबाट फेरी संक्रमण धन सुरुगरेको जागेस्वर गौतमले बताए।

पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि बिरामीहरुको संख्या बढिरहेको हुँदा सबैले समुदायमा नजरअन्दाज गर्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला बताउछन।

यस्तो बेलामा संक्रमण नभएपनि सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र सजग रहनुपर्ने उनले बताए। तेस्तै पाटन अस्पतालमा पनि अहिले दैनिक जस्तो १५ देखि २० जना बिरामी भर्ना हुने गरेको अस्पतालका कोभिड संयोजक डाक्टर बिमल पाण्डे बताउँछन् ।

उनका अनुसार हाल अस्पतालमा ३० जना संक्रमितले उपचार गराइरहेका छन् भने १८ वटा आईसियुबेड पनि खालि छैनन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि पछिल्लो साता संक्रमित बढेको कोभिड संयोजक डाक्टर सन्तकुमार दास बताउँछन् ।

उनका अनुसार पछिल्लो समय औसतमा १०० नमुना परीक्षण गर्दा ३ देखि ५ जना संक्रमित भेटिन्थे भने सोमबार ७८ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ । अहिले नेपालमा पनी बेलायतमा देखिएको नयाँ भेरियन्टको -बी.१.१.७) कोरोना भाइरस पुष्टि भईसकेको छ।

छिमेकी मुलुक देखि विश्वका धेरै मुलुकमा नयाँ भेरियन्टको -बी.१.१.७) को भाईरस पुष्टि भएको हुँदा नेपालमा सबैजना सचेत हुनुपर्ने विभिनन कार्यक्रम जमघट हुलमा सामेल नहुन स्वस्थ्य मन्त्रालयले जनाएको छ।

आज सम नेपालमा कुल कोरा संक्रमितको संख्या २ लाख ७५ जहार ६२५ पुगेको छ भने ति मध्ये २ लाख ७१ हजार ६१० जना अनिको भएर घर फर्किसकेका छन्। यस्तै हाल सम्म नेपालमा कोरोनाबाट कुल ३ हजार १५ जनाको निधन भईसकेको छ।तेस्तै नेपालमा संक्रमणदर बढ्दै जानुले पून: लकडाउन गर्नुपर्ने हुनसक्ने मन्त्रालयले संकेत पनि गरेको हो।