अभियुक्त र मृतक भागरथीको भजाईनल स्वाब मिल्यो ,
चैत १२,बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ ।
प्रहरीका अनुसार बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए ।
‘अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने उन्ले बताए ।
गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा उनकै भाई लाग्ने दिनेश भट्टलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो ।
उमेर नपुगेको भन्दै अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

