अनामनगरमा महानगरपालिकाको आतंक प्रतिसावरी एक हजार दिनमा ४ पटक ,
चैत १२ , काठमान्डौ – काठमान्डौ महानगरपालीकाले अनामनगरमा आतंक फैलाएको छ ।
महानगरपालीकाले पसल, होटेल ,नजिक पार्किङ गरेर राखीएका बाईक स्कुटरलाई अनाधिकृत पार्किङ भन्दै उठाउने गरेको स्थानिय बताउछन ।
महानगरपालिकाले दैनिक तीन पटक अनामनगरको गणेश मन्दिर देखि बाजेको सेकुवा कर्नर हुँदै हनुमानथानसम्म पसल अफिस नजिक राखेका सवारी साधनहरु उठाउने र लैजाने गरेको छ ।
उक्त स्थानमा रहेको कच्ची बाटोमा अहिले टाईल बिछ्याइएको छ , बिचमा शारीरिक अपाङ्गता अन्धा हरुकोलागि पनि छुट्टै टाईल राखीएको छ ।
महानगरपालीकाबाट आएका एक कर्मचारीलाई रंग दर्पनको प्रश्नमा भने सो स्थान्मा सवारी साधन पार्किङ नगर्न मिल्ने बताए ।
अफिस पसल र सो क्षेत्रका व्यवसायमा आउने कर्मचारी स्थानीय सर्वसाधारणले पार्किङ गरेर लगेका सवारीसाधन उठाएपछि नगरपालीकाले प्रती सवारी रु १००० लिने गरेको पाईन्छ ।
तेस्तै सावारी साधन उठाउन आएका कर्मचारीलाई प्रती सवारीसाधान रु १२५ नगरपालिकाले उपलब्ध गराउने गरेको पाईएको हो ।
उक्त कमिसनको लोभमा पनि नगरपालीकाले पार्किङमा राखीएका सवारी साधान दैनिक तीन पटक सम्म आउने र उठाउने गरेको छ ।
पार्किङ गर्ने ठाउँ नहुनु र पसलमा आएका ब्याक्तीहरुले राखेका सवारी साधान नगरपालिकाले उठाउने र लैजाने गरेपछी सो क्षेत्रमा व्यवसायी धरापमा परेका छन ।
एक व्यवसायीले भने कि त महनगरपालिकाले पार्किङ क्षेत्र दिनुपर्यो हैन भने कस्टुमरले पार्किङ गरेर राखेको बाईक लैजाने गरेपछी अर्को पटक कस्टुमर फर्केर नआउने गरेको हुँदा हामी धेरै मर्कामा छौ उन्ले भने ।

