Gold
Bangad salyan

नेपालमा दैनिक कोरोनाको संख्या बढ्दो आजपनि ८९ जना थपीए,

चैत १५ ,काठमान्डौ – नेपालमा गत २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै, २४ घण्टामा ९५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।त्यस्तै १ हजार २ सय ८२ जना आइसोलेसनमा र ५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा छ।