ब्रेकिङ बागलुङमा होलि खेल्दा कुटाकुट १० जना भिरबाट खसे २ जनाको मृत्यु ,
चैत १५,बागलुङ – बागलुङमा होलि खेल्दा कुटा कुट र भागा भाग गर्दा भिरबाट १० जना खसेका छन ।ती मध्य दुई जनाको मृत्यु भैसकेको छ ।
बागलुङ जिल्ला को निसिखोला गाउँपालिका वडानम्बर ७ र बडिघाट गाउँपालिकाको १० नम्बर वडाको सिमामा सो घटना घटेको बताईएको हो ।
होलि खेल्ने क्रममा मदिरा पिएर वडनम्बर १० का करिब १५,२० जना केटाहरुले वडानम्बर ७ का केटाहरुलाई कुटपिट गरेका थिए ।
कुटपिट सुरु भएपछि भाग्ने क्रममा दुई जनाको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलाई बाग्लुङले जनाएको छ ।
मृत्युु हुनेमा वडानम्बर ७ का नेपाली काङ्ग्रेस जिल्ला सद्स्य प्रकाश कुवर र रेशम परियार रहेका छन ।
घटनाको अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

