साउनबाट सामाजिक भत्ता बढ्छ अब कसैलैई निद्रा नलाग्ने होला केपी ओली ,
चैत १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा बढ्ने बताएका हुन्।
सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गरेका छौ ,सरकार बनेदेखिनै सामाजिक सुरक्षा किन कटौती गरियो किन बोलेको कुरा भएन भन्दै आवाज उठेको थियो।
अब साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ ओलीले भने । मैले समाजिक सुरक्ष बढ्छ भन्दा कसैलाई निद्रानै नलाग्ने होला ,सरकारले राम्रो काम गर्दापनि आलोचना अहुने गरेको ओलीले बताए।

