Gold
Bangad salyan

काठमाडौं भित्रिनेको एन्टिजेन परीक्षण गरिने,

चैत २३ ,काठमान्डौ – पछिल्लो समय राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले काठमाडौं आउनेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने निर्णय गरेको हो।

तेस्तै काठमान्डौमा संक्रमण बढ्न नदिन संकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तै लक्षण देखिए वा शंकास्पद लागेमा पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिने भएको छ भने सबै नगरपालिकाहरूमा कम्तीमा एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको हो ।