अब दिइने विभूषणमा चुच्चे नक्शा हुन्छ गृहमन्त्रालय ,

चैत २८ ,काठमान्डौ – सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरुलाई अब प्रदान गरिने विभूषणमा नेपालको नयाँ नक्शा नै अंकित गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।

शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको तर कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाे गृह मन्त्रालयले स्पस्ट पारेको हो।

शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा नेपालको चुच्चे नक्सा हटाएर पुरानै नक्शा अंकित गरेको भन्दै सामाजिक सञ्जाललगायतमा विरोध भईरहेको छ।