लामो समयपछि एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता,
बैशाख ८ ,काठमान्डौ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुवै नेताबीच लामो समयबीच बुधबार साँझ भेट भएको हो ।
काठमाडौं नक्सालको होटल मेरियटमा ओली र नेपालबीच छलफल भएको हो । श्रोतका अनुसार पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताईएको हो।
प्रधानमन्त्री केपी शर्म ओलीले हिजो मात्र नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनि स्पस्टिकरण सोधेका थिए।

