आज धरहराको उद्घाटन गरिदै अवलोकन गर्न नपाईने ,
बैशाख ११ ,काठमान्डौ -२०७२ साल बैशाख १२ गते भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरालाई प्रधानमन्त्री केपिस हर्म ओलीले आज उद्घाटन गर्दै छन् ।
कोरोना संक्रमणका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा उद्घाटन गरिएपनि तत्कालै अवलोकन भने गर्न नपाईने भएको हो ,स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । बैशाख १२ गते धरहरा ढलेकोले नराम्रो दिनमा उद्घाटन नगर्ने भन्दै आजको दिन उद्घाटनको समय राखीएको प्राधिकरणले जनाएको हो।