Gold

उपत्यकामा अचनाक मौसममा देखियो खराबी ,

Naumule Migrate

बैशाख १६ ,काठमान्डौ – केहिदिन यता चर्को घाम लागेको उपत्यकामा अचानक मौसममा फेरबदल भएको छ। बिहान सम्ममा गर्मि देखिएपनि अपह्रान्हको समयदेखि उपत्यकाका विभिन्न स्थानमा कालो बादल मडारीएको छ भने आँधी हुरी समेत सुरु भएको छ।

तेस्तै उपत्यकाका सडकहरु आज सुनसान देखिएका छन्। अत्यावस्यकका सवारी साधन बाहेक नी सरकारी कुनै सवारी साधन चलेका छैनन्।

कोरोना संक्रमणको महामारीलाई अध्यनाजर गर्दै सरकारले आजदेखि उपत्यकाका तिन जिल्लासहित १६ जिल्लामा निषेधाज्ञा जारि गरेको छ। तेस्तै निषेधाज्ञा उल्लघन गर्ने सवारीसाधन र माक्स नलगाई बिनाकारण घरबाहिर हिडडुल गर्ने नागरिकमाथि कारबाही गरिएको छ ।

निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधनहरु बन्द भइरहँदा हवाई सेवाहरु भने निर्वाध सञ्चालन भइरहेका छन् ।जसका कारण सार्वजनिक यातायात भन्दा पनि यतिखेर हवाइ उडान र एअरपोर्टमा सर्वसाधारण यात्रुहरूको भीड लागेको छ ।

त्यसो त बुधबार मात्र अधिकतम १४८ फ्लाइट मार्फत झण्डै १७ हजार यात्रुले यात्रा गरेको त्रिभूवन विमानस्थल (टीआईए) ले जनाएको छ ।

Naumule Badhipahiro