लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त,
बैशाख १६ ,वुटवल – लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पोखरेलले चार जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए।
मन्त्री बनेका चार मध्ये तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए।प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
तेस्तै हाल प्रदेश सभाको बैठक चालु नरहेकोले चारै जनालाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाईएको जानकारी सचिवालयको सूचना पार्टीमा टाँसयको पनि जानकारी गराईएको छ।


