भारतीय नम्बर पिलेटको गाडीभित्र दाङ्गमा तिन बालकको शव फेला , घटना रहस्यमय ,
बैशाख १९ दाङ्ग – भारतीय नम्बर पिलेटको गाडीभित्र दाङ्गमा तिन बालकको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका,६ स्याउली बजारमा रोकिराखेको कार भित्र तीनजना बालक मृ,त, अवस्थामा फेला परेका हुन्।
आरजे ०१ सीसी ०८८५ नम्बरको कार गत माघ महिनादेखिने रोकिराखेको स्थानीय बताउछन। कार बिग्रीएर राखेको सुन्नमा आएको स्थानीयले जानकारी दिएका छन्। पार्किङ्ग गरिराखेको गाडी वरिपरि खासै कुनै मान्छेको चहलपहल पनिद देखिदैन।
तर कार भित्र ३ जना बालकको शव फेला परेको छ घटना रहस्मय भएको भन्दै प्रहरीले गहिरो अनुसन्धान भईरहेको रंग दर्पणलाई जानकारी हुन आएको छ। जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी मुकुन्द रिजालका अनुसार मृ,त,क तिनै जना बालकको शव पहिचान भईसकेको छ।
ज्यान गुमाउनेमा घटनास्थल नजिकै घर भएका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीया छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण छन् । उनीहरु चारदिन अगाडिबाट हराईरहेका भन्दै परिवारले प्रहरीमा खबर गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमा भएको फरेन्सिक जाँचका क्रममा तीनजनाकै शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि नै विस्तृतमा थाहा हुने जिल्ला प्रहरी कार्यालय, रिजालले बताए।
रिजालका अनुसार कारका मालिक यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिईएको छ भने सोधपुछ चल्रिरहेको छ। कारभित्र मृ,तक रहेका बालकमध्ये दुई जनाको कपडा खोलेको पाईएको छ ,कारको सिसा हल्का स्क्र्याच भएको छ ,उनीहरुले भित्रदेखि बाहिर आउने धेरै प्रयास गरेको देखिन्छ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
कारको रुट प्रमिट नभएको र बिग्रेपछि थान्काएर राखेको कार मालिक गैरेली प्रहरीसमू बयान दिएका छन्। उनका अनुसार अगाडिको धोका रिमोटबाट खुल्छ र बन्द हुन्छ बालकहरु कसरि भित्र पसेको जवाफ दिएका छन्।
प्रहरीले गरेको प्राविधिक पक्षको अनुसन्धानबाट पनि गैरे र मृ,तकबीच कुनै सम्बन्ध भेटिएको छैन । हत्या गर्नुपर्ने कुनै कारण पनि नदेखिएको अवस्थामा चोटपटक पनि नदेखिएपछि प्रहरीले घटना भवितव्य भएको हुनसक्ने आशंका गरेको हो । बालकहरु कारभित्र छिरेको र बाहिर आउने क्रममा ढोका नखुलेपछि निस्साईएर मरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।