Gold
Bangad salyan

प्रधानमन्त्रीले राख्‍ने विश्‍वासको मतमा कांग्रेसले विपक्षमा मतदान गर्ने,

बैशाख २१ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्‍वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले त्यसकालागि दलहरुसंग छलफल गर्ने बताएको हो। प्रधानमन्त्री ओलीले २७ गते संसदमा विश्वको मतलिने बताएका छन्।

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि जबरजस्ती सरकार बनाएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

तेस्तै कांग्रेस बैठकले राष्ट्रपति भण्डारीले मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने पनि निर्णय गरेको छ ।