कोरोनालाई जितेर घर फर्केका कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना,
बैशाख २२ ,काठमान्डौ – कोरोना संक्रमणलाई जितेर घर फर्केका कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन्। अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको पारिवारिक श्रोतले जनाएको छ। ।
कोरोना संक्रमितबाट आठ दिन अस्पतालमा उपचार गरेर गत आइतबार मात्रै घर फर्किएका थिए। निको भएर घर फर्किदा श्रेष्ठले आफूले दोश्रो जीवन पाएको सुनाएका थिए ,तेस्तै कोरोना संक्रमण तिब्र रुपले फैलीएको हुँदा सबैले स्वास्थ्य मापदण्ड पालना गर्नपनि आग्रह गरेका थिए।
तर निको भएर घर पुगेका उनि त्यो दिन रातिमात्र घरमा बसे। कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय गरेका छन्। हाल उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार भईरहेको छ ।