प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवासमा ,

वैशाख २३ ,काठमान्डौ – नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटन शितानिवासमा पुगेका छन्। बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्।

यस्तै बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।

तेस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।