मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ उपप्रधानमन्त्री पोखरेल,
काठमान्डौ – सरकारले तोकेको भन्दा बढी शुल्क लिने जो कोहि निजि अस्पताललाई कारवाही गरिने उपप्रधानमन्त्री ईश्वर पोख्रेलले बताए। सिंहदरबारमा आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोख्रेलले यस्तो बताएका हुन्।
नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने उनले बताए । निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । काठमान्डौका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको र दैनिक शुल्क सार्वजानिक गरेको पाईएको छ।
यस्तो गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको । यस्तो भेटिएमा कारवाही हुन्छ । सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको पोख्रेलले बताएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

