Gold
Bangad salyan

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेट यस्तो भयो छलफल

,काठमान्डौ – कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।शुक्रबार साँझ दाहाल देउवालाई भेटन बुढानिलकण्ठ पुगेका थिए।

करिब आधा घन्टाको बसाईमा प्रधानमन्त्री ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मतलाई विफल बनाउनेबारे छलफल भएको श्रोतले जनाएको छ।

तेस्तै राष्ट्रिय सभाको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा छलफल भएको बताईएको हो । बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए ।