Gold
Bangad salyan

गोरखा सुलिकोटमा बन्दै गरेको आईसोलेसनमा गुण्डा गर्दी गर्दै अवरोध ,

वैशाख २५ ,गोरखा- बारपाक सुलिकोट गाउँपालिका वडान.५ लाकुरीबोटमा कोरोना संक्रमितको लागि निर्माण हुन लागेको अक्सिजन सहितको आईसोलेसनमा स्थानीय दुई जनाले अवरोध गरेका छन् ।

स्थानीय  सनक गुरुङ र खोले मिलन गुरुङ्गले गुण्डा गर्दी शैलीमा बन्दै गरेको आईसोलेसनलाई तितर वितर पारेका हुन्। गाँउमा आईसोलेसन राख्दा कोरोन संक्रमण फैलिने कू तर्क गर्दै राजनीतिक प्रतिसोदका कारण उनीहरुले अवरोध गरेको स्थानीय बताउछन।

पालिका स्तरिय लाकुरीबोटको सार्वजानिक आर सियुपि भवनमा १० लाख बराबरको लागतमा ५ सैयाको आईसोलेसन सेन्टर निर्माण भैरहेको थियो।

बन्दै गरेको आईसोलेसनका समान उठाउदै ,

कोभिड १९ संक्रमणले जो पनि जुन समयमा संक्रमण हुनसक्ने भन्दै पालिकास्तरिय आईसोलेसन स्थानीयले निर्माण गरिरहेका थिए, अहिले यो कार्य रोकीएको छ ।आईसोलेसन कक्षमा स्वास्थकर्मी, अक्सिजन र २४ सै घण्टा एम्बुलेन्स सेवा स्टेनबाई रहने गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी गराए ।

बन्दै गरेको आईसोलेसनले स्थानीयलाईनै फाईदा हुने भन्दै काममा अवरोध नगर्न गाउँपालि स्वास्थ्य शाखाका प्रमुख कृष्ण भट्टले अपिल गरेका छन्।,निर्माणाधीन आईसोलेसनमा गुण्डा गर्दी शैलीमा अवरोध गर्नुले नागरिकको स्वाथ्यमा खेलबाड गर्नु भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन्।