झलनाथ खनाल सङ्क्रमणमुक्त

वैशाख २७ ,काठमान्डौ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ लाई जितेर सङ्क्रमणमुक्त भएका छन् ।कोरोना सङ्क्रमित भएपछि उनि वैशाख १८ गते नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत थिए ।

हिजो पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। सङ्क्रमित नभपनि खनाल चिकित्सकको सल्लाहमामा केहि दिन अस्पतालमा रहने भट्टराईले बताए।